रविको आज पनि रुपन्देहीमा बयान हुँदै, सहकारी हिनामिना प्रकरणमा नयाँ खुलासा आउला?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २८ गते
रविको आज पनि रुपन्देहीमा बयान हुँदै, सहकारी हिनामिना प्रकरणमा नयाँ खुलासा आउला?
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सहकारी रकम अपचलन प्रकरणमा आज पनि बयान हुँदैछ। मंगलबार पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय, रुपन्देहीमा मंगलबार नै बयान लिने काम सुरु गरिएको थियो। बयान नसकिएकाले लामिछानेलाई मंगलबार राति जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो, जहाँ उनलाई हिरासतको छुट्टै कोठामा राखिएको छ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले लामिछानेलाई गोर्खा मिडिया र सहकारीको रकम हिनामिनासम्बन्धी ७० प्रश्न तयार गरी बयान लिइरहेको छ। मंगलबार २० भन्दा बढी प्रश्न सोधिएको भए पनि लेखन कार्य बाँकी रहेकाले बुधबार बिहान पुन: बयान लिन सुरु हुने जनाइएको छ।

लामिछानेले आफूलाई गोर्खा मिडियामा जम्मा भएको रकमबारे थाहा नभएको दाबी गरेका छन्। तर, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट १४ करोड २९ लाख गोर्खा मिडियामा गएको र त्यसमा लामिछानेको संलग्नता रहेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

बुटवलस्थित सुप्रिम सहकारीबाट लामिछानेकै नाममा एक करोड ९६ लाख र छविलाल बञ्जाडेका नाममा २ करोड ५० लाख गोर्खा मिडियामा पुगेको आरोपमा कात्तिक ८ गते अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। हाल कास्की जिल्ला अदालतले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स