साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमा र रक्षाबन्धनका अवसरमा आज काभ्रेपलाञ्चोकमा तेमालको सत्यनारायण मन्दिरमा विशेष मेला लागेको छ ।
धार्मिकस्थलमध्येको तेमाल गाउँपालिका–५ नारायणस्थानमा रहेको सत्यनारायण मन्दिरमा पनि आजको दिन विशेष मेला लाग्ने गरेको छ । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन विशेष धार्मिक जात्रा हुने गरेको र नारायणस्थान मन्दिरमा लाग्ने धार्मिक जात्रा (मेला) तेमालको सांस्कृतिक पर्वकै रुपमा विकसित भएका कारण पालिकाभरिमा सार्वजनिक बिदा दिएको पालिकाले जनाएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले बिहीवार सार्वजनिक सूचना जारी गरी तेमाललगायत आसपासका गाउँपालिका तथा नगरपालिका र अन्य छिमेकी जिल्लाबाट समेत दर्शनार्थी भक्तजन उपस्थित भई अनुष्ठान गर्ने भएकाले जात्रा (मेला)लाई सभ्य र भव्य रुपमा मनाउन यही भदौ २ देखि ४ गतेसम्म पालिकाभरि सार्वजनिक बिदा दिएको जानकारी दिए ।
तामाङ समुदायले जनैपूर्णिमालाई गोनेङ्ह्या पर्वका रुपमा मनाउँदै आएका छन् । बर्षेनी पानी पर्ने यो जात्रामा यसपाली भने मौसमले पनि साथ दिएको छ ।















प्रतिकृया