यशोदा फुड्सले भन्यो– भ्रामक सूचना फैलाउनेविरुद्ध कानुनी प्रक्रिया थालिसक्यौँ

यशोदा फुड्सले भन्यो– भ्रामक सूचना फैलाउनेविरुद्ध कानुनी प्रक्रिया थालिसक्यौँ

यशोदा फुड्सले आफ्ना उत्पादनको गुणस्तरमा कुनै पनि कमी नरहेको भन्दै भ्रामक सूचना फैलाउने विरुद्ध कानुनी बाटो खोज्ने बताएको छ।

कम्पनीले विज्ञप्तिमार्फत् आफ्ना उत्पादन नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन भइरहेको बताएको छ। विदेशी चाउचाउको आयातबाट देशको अर्बाैं रुपैयाँ बाहिरिनबाट रोक्दै स्वदेशका हजारौँलाई रोजगारी दिइरहेको भन्दै कम्पनीले नेपाली उत्पादनलाई विभिन्न देशमा चिनाइरहेकोसमेत दाबी गरेको छ।

‘यशोदा फुड्स प्रालिका उत्पादनहरू स्वदेश तथा भारत, जापान, यूएई, बहराइन, न्युजिल्यान्ड, अमेरिका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानडा, इटाली लगायतका देशहरूमा यस वर्ष ६० करोड नेपाली रूपैयाँभन्दा बढीका उत्पादन निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न उद्योग सफल भएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आफ्ना उत्पादनको गुणस्तर (क्वालिटी)मा विशेष सजगता अपनाई स्वच्छ व्यापारिक प्रतिस्पर्धाबाट उद्योग अगाडि बढ्न चाहेको कम्पनीले जनाएको छ।

‘उद्योगलाई बदनाम गराउन प्रायोजित रूपमा हुँदै नभएको विषयलाई अतिरञ्जित तरिकाले प्रमाणबिना भ्रामक समाचार तयार गरी प्रसारण गर्नेहरूप्रति उद्योग सजग रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हालैका दिनमा केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी कपोलकल्पित समाचार बनाएको पाइएकोप्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ।’

निहित स्वार्थ पूरा गर्न अनावश्यक दुख दिनेविरुद्ध प्रचलित साइबर कानुन लगायतका प्रचलित नेपाल कानुन बमोजिम कारबाही गर्नका लागि उद्योगले आवश्यक पहलकदमी लिइसकेको कम्पनीले जनाएको छ।

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स