दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुइजनाको मृत्यु

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ३ गते
दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुइजनाको मृत्यु

दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ ।

लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१८ का २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। उनका अनुसार आज बिहान लमही नगरपालिका–६ बेलदमारमा दुर्घटना हुँदा गम्भीर घाइते भएका दुवै जनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स