मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ अर्ब ७६ करोड १० लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री गर्न लागेको हो ।
उक्त सेयर निष्काशन तथा बिक्रीका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धमा नियुक्ति गरेको छ ।
सो सम्बन्धी सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाइट हाइड्रोपावरकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन् ।
मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलबिद्युत आयोजना निर्माणाधिन गरी हाल ७० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ ।
















![सेयर बजारमा इन्डिकेटरको सही प्रयोग कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/11/j7iUMHzIAQg-maxresdefault-150x150.jpg)



![सानो लगानी बाटै महिनामा 2/3 लाख कमाउन गाह्रो छैन [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/11/StQv4erjx4c-maxresdefault-150x150.jpg)
प्रतिकृया