insta insta

मर्जर किंग चन्द्र ढकालको अर्को स्ट्राइक, रेमिट्यान्स क्षेत्रको पहिलो मर्जर सम्पन्न

मर्जर किंग चन्द्र ढकालको अर्को स्ट्राइक, रेमिट्यान्स क्षेत्रको पहिलो मर्जर सम्पन्न
Advertisement Ads

नेपाली रेमिट्यान्स क्षेत्रकै पहिलो मर्जर सम्पन्न भएको छ।

आइएमई लिमिटेडले जीएमई रेमिटलाई प्राप्ति गरेको छ। बुधबार आईएमई रेमिट्यान्स र जिएमई रेमिटले संयुक्त कारोबार सुरुवात गरेका छन्। सन् २००१ मा स्थापना भएको आईएमई रेमिट्यान्स र २०१२ मा स्थापना भएको जिएमई रेमिटले विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउन उल्लेखनीय योगदान दिएका छन्। प्राप्तिपछि  बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबारको शुभारम्भ गरे । आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेपछि आइएमई लिमिटेडको नामबाट कारोबार सुरु भएको छ ।

संयुक्त कारोबारको शुभारंभ कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले आइएमईले चाँडै नै आईपीओ जारी गर्ने बताए। उनले भने, ‘हामीले आइएमईलाई चाँडै नै पब्लिकमा लैजाँदैछौं । जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो ।’

kp oli 5 https://bajarkochirfar.com/%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%b0-%e0%a4%95%e0%a4%bf%e0%a4%82%e0%a4%97-%e0%a4%9a%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%a2%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स