मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ७ गते शुक्रबार विशेष साधारणसभा बोलाएको छ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरको पलाँसेस्थित होटल प्यालिसेड रिसोर्टमा विहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो ।
सभाले अन्य कुनै उपयुक्त लघुवित्तसँग गाभ्ने/गाभिने तथा प्राप्ति हुने वा डिमर्जर गर्ने, उपयुक्त वित्तीय संस्था पहिचान गरी सहमति, हस्ताक्षर गर्ने र स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्ने, परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, अन्य वित्तीय संस्थाका शाखा खरीद वा प्राप्ति गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
साथै, नियामक निकायबाट प्राप्त हुने निर्देशन बमोजिम कुनै कार्य वा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले साउन ३१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजका अनुसार साउन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले सभामा भाग लिन योग्य हुनेछन् ।






![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-768x432.jpg)





![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया