instainsta

मम्मी डान्स आइडल सिजन थ्रि को उपाधि मिनाक्षीलाई

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २८ गते
मम्मी डान्स आइडल सिजन थ्रि को उपाधि मिनाक्षीलाई
AdvertisementAds

मम्मी डान्स आइडल सिजन थ्रि को उपाधि मिनाक्षी शर्माले हात पारेकी छन । हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रा.लि भैरहवा द्वारा आयोजि मम्मी डान्स आइडल सिजन थ्रि को फाइनलमा १७ जना प्रतियोगीहरुलाई पछि पार्दै उनी प्रथम भएकी हुन् । उनलाई २० हजार नगत, प्रमाण पत्र र वाटर डिस्पेंसर सहित थुप्रै गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।

मंगलापुरकी चेली मिनाक्षी सर्मालाई परिवारमा एक दिदिको मात्र सपोर्ट रहेको र उपस्थित सबै दर्शकरुको मायाले उनले जित हात पार्न सफल भएकी हुन । उनको जितले सबैलाई निकै भाबुक बनाएको थियो । आमाहरुको सपना र एक गृहणी भएर पनि यसरी आफ्नो सपना पुरा गर्ने उर्जा लिएर आएकी सर्माको जित सबैमा प्रेरणाको श्रोत बन्न पुग्यो ।

यसैगरी उपबिजेता भैरहवा कि आभा मल्ल भएकी हुन । उनले १५ हजार नगद सहित प्रमाणपत्र र गिफ्टह्याम्पर प्रदान गरिएको थिायो । यसैगरी तेस्रो स्थानमा बुटवलकी दुर्गा राना रहेकी छन । उनले १० हजार नगद सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेकी हुन् । दर्शकको राजाईमा भने मंगलापुर सेमराकी रेनु गुरुङलाई ५ हजार नगदसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर दिइएको थियो ।

भारतको सिल्लिगुडीबाट बरिष्ठ नृत्याङगना पन्नु गजमेर, पूर्व मिसनेपाल सुगारिका केसी र  कोरियोग्राफर मुकेश गुरुङ जजमेन्टमा उनिहरुलाई प्रथम दोश्रो र तेश्रो को स्थान दिइएको थियो । कार्यक्रमको संचालन दुर्गा गुरुङले गर्नु भएको थियो। फाइनलमा रुपन्देही, कपिलबस्तु, चितवन लगाएतका जिल्लाबाट र प्रदेश बाहिरबाट पनि प्रतियोगिहरुको सहभागीता रहेका थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो भने हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रा.लि भैरहवाका प्राचार्य तथा आयोजक रचना क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स