भृकुटीमण्डपमा तेस्रो नेपाल इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स अन्तराष्ट्रिय प्रदर्शनी हुँदै

भृकुटीमण्डपमा तेस्रो नेपाल इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स अन्तराष्ट्रिय प्रदर्शनी हुँदै

मिडीया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रालि को सयुक्त आयोजनामा यही भाद्र २१, २२ र २३ गते काठमाडौंको भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी आयोजना गर्न लागेको छ।

तेस्रो पटक आयोजना हुन गइरहेकोे यस प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन्। यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहने आयोजकले जनाएको छ।

आयोजकका अनुसार आफनै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै लान एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना हुने छ।

viber image 2024 08 01 16 08 17 637 https://bajarkochirfar.com/%e0%a4%ad%e0%a5%83%e0%a4%95%e0%a5%81%e0%a4%9f%e0%a5%80%e0%a4%ae%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa | %tags

विद्युतीय उपकरणहरुलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।

नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी अन्तर्गत दशैंको अवसर पारेर ग्राहकहरुले विभिन्न कम्पनिका बिधुतिय सामाग्रीहरु एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने हुँदा यस प्रदर्शनीमा आउनुहुने समस्थ व्यक्तिहरुले लाभ उठाउन सकिने आयोजकको दाबी छ।।

नेपालको बजारमा चाड पर्वको बेलामा विभिन्न नयाँ बिधुतिय सामानहरु खरिद गर्ने चलन रहेको तथा नेपालीहरुको महान पर्व दशैंको केहि हप्ता अगाडी आयोजना हुने यस प्रदर्शनीले ग्राहकहरुलाई आकर्षित गर्ने कुरामा आयोजकले विश्वास लिएका छन्।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुयाउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जनाएको छ।

नेपाल इलेक्ट्रिक इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एंड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा तीन सोचहरूको समायोजन गर्न खोजेको छ_ प्रदर्शनी, सम्मेलन र साझेदारी। यी तीन सोचहरूबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरायसी प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने आयोजकले विश्वास लिएका छन् ।

viber image 2024 08 01 16 08 17 357 https://bajarkochirfar.com/%e0%a4%ad%e0%a5%83%e0%a4%95%e0%a5%81%e0%a4%9f%e0%a5%80%e0%a4%ae%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa | %tags

viber image 2024 08 01 16 08 17 695 https://bajarkochirfar.com/%e0%a4%ad%e0%a5%83%e0%a4%95%e0%a5%81%e0%a4%9f%e0%a5%80%e0%a4%ae%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa | %tags

viber image 2024 08 01 16 08 17 758 https://bajarkochirfar.com/%e0%a4%ad%e0%a5%83%e0%a4%95%e0%a5%81%e0%a4%9f%e0%a5%80%e0%a4%ae%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%aa%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स