निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान नरोक्न सुझाव दिदैँ बिदा भएका छन् । गृह मन्त्रालयमा आइतबार भएको बिदाइ कार्यक्रममा उनले चर्चित काण्डहरूको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेका छन् ।
लामिछानेले निर्मला पन्त हत्या अनुसन्धान निष्कर्षमा पुग्न लागेको दाबी पनि गरेका छन् । १० साउन ०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका– २ उल्टाखामकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको थियो । साथीको घरमा ट्युसन पढ्न हिँडेकी उनको शव उल्टाखामस्थित उखुबारीमा फेला परेको थियो ।
घटनालाई लिएर चौतर्फी विरोध भएपछि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति बनायो । तत्कालीन आइजिपी सर्वेन्द्र खनालले तत्कालीन एआइजी धीरु बस्नेत र डिआइजी सुरज केसीको नेतृत्वमा छुट्टाछुट्टै समिति गठन गरेका थिए । त्यसपछि गृहमन्त्री बनेका लामिछानेले पनि पन्त हत्या अनुसन्धानका सम्बन्धमा छुट्टै समिति गठन गरेका थिए । तर, हालसम्म पनि परिणाम प्राप्त हुन सकेको छैन ।
बिदाइ कार्यक्रममा लामिछानेले जिबी राई पक्राउको सम्बन्धमा पनि जानकारी दिए । उनका अनुसार राईलाई पक्राउ गर्न असम्भव नभएको र यसका लागि इन्टरपोलका साथै मलेसियाका गृहमन्त्रीसँग पटक–पटक छलफल भएको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ६०.७१६ किलो सुन तस्करीसँग सम्बन्धित प्रतिवेदन सुरक्षा दृष्टिकोणका कारण सार्वजनिक नगरेको लामिछानेले बताए ।








![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)





![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया