भिजन ईनर्जि एण्ड पावर लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । आईपीओ निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले भर्चुअल विधिमार्फत दिनको ३ बजे विशेष साधारण सभा गर्न लागेको हो ।
सभाले कम्पनीको अधिकृत र जारी पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्ध पत्रको दफा ६ संशोधन गर्ने, कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन आइपीओ जारी गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन थपघट परिवर्तनको निर्देशन भएमा सोहि बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
सम्बन्धित सेयरधनीलाई विशेष साधारण सभामा भाग लिनका लागि जुम लिंक इमेल तथा एसएमएसमार्फत उपलब्ध गराइने जानकारी कम्पनीले दिएको छ ।
#BajarkoChirfar






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)







![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)





प्रतिकृया