नेपाल वायुसेवा निगमले फूलपातीको दिन काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने घोषणा गरेको छ। असार ११ र १२ गतेको भारी वर्षाले राजमार्गहरू बाढी र पहिरोले क्षतिग्रस्त बनाएको कारण स्थल यातायातमा कठिनाइ भएपछि दशैँमा यात्रुहरूलाई घर आउन–जान सहज होस् भनेर यो विशेष उडानको व्यवस्था गरिएको हो।
निगमले ए ३२० न्यारोबडी जहाजबाट उद्दार उडान गर्ने जानकारी दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशनमा यो उडानको आयोजना गरिएको हो।
काठमाडौं–भैरहवा र भैरहवा–काठमाडौंको एकतर्फी भाडा क्रमशः सात हजार र तीन हजार ८९० रुपैयाँ निर्धारण गरिएको छ। काठमाडौंबाट बिहान ११ बजे जहाज भैरहवा उड्नेछ भने यात्रुहरूले अनलाइनबाट टिकट बुक गर्न सक्नेछन्।


















प्रतिकृया