फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।
उक्त शेयरमा जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्ने छन् । सेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको छ। सो वा सोभन्दा बढी मुल्य अंकित गरी आवेदन दिनु पर्नेछ ।
इच्छुक लगानीकर्ताले जेठ ७ गतेसम्म मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौंमा आवेदन दिन सक्ने छन्। आवेदन फारममा आफूले लिन चाहेको सेयर कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट संग लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ ।
#bajarkochirfar








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया