प्रभु बैंकले वैशाख २० गते बोलायो साधारण सभा, के–के छन् एजेन्डा ?



Advertisement
Ads
प्रभु बैंक लिमिटेडले बैशाख २० गते, बिहीबार बाइसौँ वार्षिक साधारण सभा बोलाएको छ|
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रभु बैंकले साधारण सभा प्रयोजनार्थ  बैशाख ४ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ। यस अनुसार वैशाख ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्। साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।


Advertisement

कम्पनीको गत माघ ८ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेको थियो |


Advertisement

यस्ता छन् साधारण सभामा प्रस्तुत हुने प्रस्तावहरु :


Advertisement

१. आ.व.२०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको आ.व.२०७९/०८० को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।

४. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व.२०८०/०८१ का लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।

५. सञ्चालकहरुको नियुक्ती अनुमोदन एवं जानकारी सम्बन्धमा ।

६. विविध

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर