प्रधानमन्त्री राहत कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख सहयोग

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन २३ गते
प्रधानमन्त्री राहत कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख सहयोग

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु ५० लाख सहयोग हस्तान्तरण गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले सो रकम हस्तान्तरण गरे। त्यही अवसरमा कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले संस्थानका कर्मचारीहरूबाट रु १० लाख थप सहयोग हस्तान्तरण गरिन्।

साथै, कर्पोरेसनले हालैको बाढीपहिरो र डुबानका कारण प्रभावित पीडितहरूलाई निरन्तर सहयोग प्रदान गरिरहने जानकारी दिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स