प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई मुख्य एजेण्डा बनाउने बताएका छन्। गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्याल नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्रीले विमानस्थलको अन्तर्राष्ट्रिय उडान सुरु गर्न कूटनीतिक पहल गर्ने आश्वासन दिए।
पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष बित्दा पनि अन्तर्राष्ट्रिय उडान नियमित नहुनु, राजमार्गको दयनीय अवस्था, र पर्यटनमा परेको प्रतिकूल असरबारे गण्डकीका पर्यटन व्यवसायीले ध्यानाकर्षण गराएका थिए।
परिषद अध्यक्ष तारानाथ पहारीले विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार पूरा भइसके पनि नियमित उडान नहुनुको कारण खोज्न र तत्काल पहल गर्न आग्रह गरे। टोलीले पृथ्वीराजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नतिको आवश्यकता पनि उठायो। ओलीले ती समस्यामा गम्भीर ध्यान दिने र समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया