नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले दर्शकको मन जित्दै फिल्म उद्योगलाई नयाँ उचाइमा पुर्याएको छ। बाबुले छोराको भविष्यका लागि गर्ने संघर्ष र त्यागको भावनात्मक कथा प्रस्तुत गर्दै यस फिल्मले देशभरका दर्शकलाई प्रभावित पारेको छ।
प्रदर्शनको तेस्रो सातासम्म पनि ‘पूर्णबहादुरको सारङ्गी’ले शानदार कमाई गरिरहेको छ। हालसम्म फिल्मले ३०० भन्दा धेरै शोमा प्रदर्शन निरन्तरता पाएको छ। निकै चर्चा पाएको यस फिल्मले १८ दिनमा कुल ३५ करोड ९६ लाख रुपैयाँ कमाइ गरेको छ।
सेभेन सिज इन्टरटेनमेन्टले १ करोड ३० लाख रुपैयाँको लगानीमा निर्माण गरेको यो फिल्म हालसम्म सबैभन्दा धेरै नाफा गर्ने फिल्म बन्न सफल भएको छ।पूर्णबहादुरको सारङ्गी’ ले यसअघि नै धेरै कमाउने फिल्म ‘कबड्डी ४’ को २३ करोड ५० लाखको कीर्तिमान तोडेको हो ।
सामाजिक र पारिवारिक सम्बन्धलाई सशक्त रूपमा चित्रण गर्ने यस फिल्मले नेपाली सिनेमामा मौलिक विषयवस्तु झल्काएको छ। विजय बरालको दमदार अभिनयसँगै अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ र विनोद न्यौपानेले पनि चरित्रलाई जीवन्त बनाएका छन्।




















प्रतिकृया