SHAREHUBSHAREHUB

आइसिएफसि फाइनान्सको पाँच वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २७ गते
AdvertisementAds
आइसिएफसि फाइनान्सको पाँच वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह
AdvertisementAds

आइसिएफसि फाइनान्स लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझिलिन सेयरधनीसँग आग्रह गरेको छ । कतिपय सेयरधनीहरुले आर्थिक वर्ष ०७४/७५ को  लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी लाभांश बुझ्न आग्रह गरेको हो ।

उक्त वर्ष कम्पनीले कर समेत ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सम्बन्धित सेयरधनीहरूले आगामी एक महिनाभित्र कम्पनीको सेयर रजिष्ट्रार कार्यालय ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।

साथै, तोकिएको अवधिभित्र नगद लाभांश बुझ्न नआएपश्चात लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले बोनस सेयर हितग्राही खाता र नगद लाभांश बैंक खातामा जम्मा गरिएकाले हालसम्म पनि हितग्राही खाता खोली बैंक खाता अद्यावधिक नगराएको अवस्थामा यथासिघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न समेत कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स