नेष्डो समृद्ध लघुवित्तको वार्षिक साधारण सभा भोलि बस्दै, के के छन् प्रस्ताव?
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा शुक्रबार (भोलि) हुनेछ । सभा रोयल कुश्मा रिसोर्ट , पर्वतमा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभामा कम्पनी कुनै संघ संस्थासँग एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । गत आवको मुनाफाबाट कम्पनीले सेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनका लागि जेठ १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १७ गतेसम्म कायम सेयरधनीहरु मात्रै साधारण सभामा सहभागी हुन योग्य हुनेछन।