नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा शुक्रबार (भोलि) हुनेछ । सभा रोयल कुश्मा रिसोर्ट , पर्वतमा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभामा कम्पनी कुनै संघ संस्थासँग एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । गत आवको मुनाफाबाट कम्पनीले सेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनका लागि जेठ १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १७ गतेसम्म कायम सेयरधनीहरु मात्रै साधारण सभामा सहभागी हुन योग्य हुनेछन।






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)



![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया