नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरवीवी मर्चेन्ट

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ३ गते
नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरवीवी मर्चेन्ट

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त सेयर जारी गर्नको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरवीवी मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र आरवीबी मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न आर्थिक वर्ष २०७९/८० को वोनस सेयर वितरण पश्चात् कायम हुने संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको जम्मा ६ लाख ६९ हजार ९००.२७ कित्ता साधारण सेयर थप सार्वजनिक निष्कासनको माध्यमबाट सेयर जारी गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स