नेप्सेले गर्यो मौद्रिक नीतिको स्वागत, ११३ अंकले बढ्यो

नेप्सेले गर्यो मौद्रिक नीतिको स्वागत, ११३ अंकले बढ्यो

नेप्से परिसूचक ११३ अंकले बढेको छ । आइतबार नेप्से ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा पुगेको छ

मौद्रिक नीतिपछि पहिलो कारोबार दिन आज दुई पटक सर्किट ब्रेक लाग्दा सुरुमा २० मिनेट र त्यसपछि ४० मिनेट कारोबार अवरुद्ध थियो ।

नेप्सेका अनुसार आइतबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५  रुपैयाँको कारोबार भएको छ ।

आज ३१५ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर एक लाख ६३ हजार ८१० पटक खरिदबिक्री भएको छ ।

आज बैंकहरुको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनआइएमबी, सानिमा, एनएमबी, प्रभु, ग्लोबल आइएमइ, सिटिजन, प्राइम, कृषि विकास बैंक र नेपाल बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ उपकार लघु वित्तको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी गणपति लघुवित्तको सेयर मुल्य ९.९८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंकको ३६ करोड १० लाख बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा पनि कुमारी बैंकको १७ लाख ६ हजार ५८२ कित्ता सेयर किनबेच भएको छ ।

Screenshot 2024 07 28 151946 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%ae%e0%a5%8c%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%a8 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स