नेप्से परिसूचकमा १४५ अंकको ठुलो गिरावट आएको छ । मंगलबार नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा कायम भएको हो ।
आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर २ लाख ७१ हजार ५८७ पटक खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ बराबरको कारोबार भएको छ ।
आज थ्री स्टार हाइड्रोको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडसहित सात कम्पनिको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब ३९ करोड ७८ लाख ८० हजार ३८३ बराबरको १६ लाख १६ हजार ४३१ कित्ता सेयर किनबेच भएको छ ।















प्रतिकृया