नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ लाख ६८ हजार १९१ संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले ६ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको जम्मा १ लाख ६८ हजार १ सय ९१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । हाल यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरू बाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरिने जानकारी कम्पनीले दिएको छ ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया