नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको गत वर्ष (२०७९/८०) को ३७औं वार्षिक साधारण सभा मंगलवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण, लेखापरीक्षण विवरण प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा बैंक तीन अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को मध्यतिर अर्थात् मिति २०७९ पुस २७ गतेदेखि साविक मेगा बैंक नेपाल लिमिटेडसँग मर्जरको कारणले आय/व्ययका रकम अघिल्लो वर्षसँग तुलनात्मक नरहेको उल्लेख छ ।
आर्थिक वर्ष २०७९/८० मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा गाभिई मिति २०७९ पौष २७ गतेबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सञ्चालन गरेको थियो । मर्जर पश्चात् यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल सेयरधनी कोश ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
हाल बैंकले २९६ शाखा, २८२ एटिएम, १६ राजस्व संकलन काउन्टर सहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङमार्फत ३२ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ। गुणस्तरीय सेवा तथा सुबिधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तराष्ट्रिय प्रकाशन– युरोमनीबाट “बेस्ट बैंक २०२३” को उपाधि समेत प्राप्त गर्न सफल भएको छ ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया