क्यानडामा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूका लागि निराशाजनक खबर छ। क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ।
यसअघि नै क्यानडा सरकारले आगामी दुई वर्षमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा ठूलो कटौतीको घोषणा गरिसकेको थियो। यस वर्ष क्यानडाले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना कटौती गरेको छ।
मंगलबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०२५ मा थप १० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा कटौती गरिने जानकारी दिएका हुन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यस वर्ष हामीले ३५ प्रतिशत कम अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा जारी गरेका छौं र अर्को वर्ष त्यो संख्या थप १० प्रतिशतले घट्नेछ।’
प्रधानमन्त्री ट्रुडोले क्यानडाको अर्थतन्त्रका लागि आप्रवासीहरू लाभदायक भए पनि केही व्यक्तिहरूले प्रणालीको दुरुपयोग गरी विद्यार्थीको रूपमा फाइदा लिइरहेकाले भिसा कटौतीको निर्णय गरिएको प्रस्ट पारे।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया