insta insta

नुनको मूल्य बढ्यो, पुग्यो २६ रुपैयाँ प्रतिकिलो

नुनको मूल्य बढ्यो, पुग्यो २६ रुपैयाँ प्रतिकिलो
Advertisement Ads

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको जानकारी दिएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार नुनको मूल्‍य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्‍यसुची अनुसार अब प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनको २६ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै न्यू शक्ति नुनको मुल्य प्रतिकिलो २० रुपैयाँ पर्ने भएको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १७ रुपैयाँ थियो ।

यस्तै भानु नुनको मूल्य भने  यथावत् राखेको साल्ट ट्रेडिङले  जनाएको छ । साल्ट ट्रेडिङले भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।

साल्ट ट्रेडिङले भानु नुन दुर्गम जिल्लाका उपभोक्ताहरुलाई मात्र सहुलियत रुपमा उपलब्ध गराउँदै आएको छ ।

newskarkahna news722830 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%aa%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%af%e0%a5%8b | %tags

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स