निजीलगानी आकर्षित गर्न परियोजना स्वीकृति प्रक्रियालाई व्यवस्थित गरौ – परिसंघ अध्यक्ष ‘अग्रवाल ‘

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २७ गते
निजीलगानी आकर्षित गर्न परियोजना स्वीकृति प्रक्रियालाई व्यवस्थित गरौ – परिसंघ अध्यक्ष ‘अग्रवाल ‘

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निजी लगानी आकर्षित गर्न परियोजना स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन्।

बिहीवार पाँचौ नेपाल पूर्वाधार सम्मेलनको क्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले ले परियोजना स्वीकृति प्रक्रिया सुव्यवस्थितसँगै राजनीतिक, नीतिगत जोखिम न्युनिकरणमा समेत ध्यान दिनुपर्ने बताएका छन् । उनले जलवायु परिवर्तनको जोखिमलाई मध्यनजर गर्दै दिगो विकास महत्वपूर्ण रहेको बताए। हरित वित्त र जलवायु कोषको  पहुँचलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए । अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई जलवायु–उत्थानशील कृषि, प्राकृतिक बाढी व्यवस्थापन र प्रकृति–सकारात्मक आर्थिक विविधिकरण जस्ता क्षेत्रमा लगानी बढाउन आग्रह गरे। पूर्वाधारको लागि स्रोत परिचालन गर्न निजी इक्विटी, पूर्वाधार कोष, स्थानीय मुद्राको बण्ड र सार्वभौम क्रेडिट रेटिंगसहितका पाँच वित्तीय उपकरणहरूको प्रश्तावसमेत गरे।

देशमा सुशासन, पारदर्शिता र जवाफदेहितामा सुधार गर्दै लगानीकर्ताहरूको लागि अनुकुल पारिस्थिति सिर्जना गर्न सरकारसँग आग्रह समेत गरेका छन् । देशको विशाल ऊर्जा र प्राकृतिक स्रोतहरूसँग पुँजी बजारलाई जोडेर लगानीहरू आकर्षित गर्न सकिने बताएका छन् । —न्युज एजेन्सी नेपाल

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स