SHAREHUBSHAREHUB

नवनियुक्त प्रधानमन्त्री ओलीको नियुक्ति बदर माग गर्दै कानुन व्यवसायी सर्वोच्चमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार ३१ गते
AdvertisementAds
नवनियुक्त प्रधानमन्त्री ओलीको नियुक्ति बदर माग गर्दै कानुन व्यवसायी सर्वोच्चमा
AdvertisementAds

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी सहित बदरको माग गर्दै कानुन व्यवसायीहरू सर्वोच्च अदालत पुगेका छन्।

अधिवक्ताहरू खगेन्द्रप्रसाद चापागाईं, शैलेन्द्रकुमार गुप्ता र दीपक अधिकारी उनको नियुक्ति विरुद्ध रिट लिएर सर्वोच्च पुगेका हुन्।

ओलीलाई आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। यसअघि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि पदमुक्त भएकाले अब धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन हुनुपर्ने माग गर्दै अधिवक्ताहरूले रिट निवेदन दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स