नेपाल धितोपत्र बोर्डले अध्यक्ष नियुक्ति हुनु अघि नै गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको छ। गत वर्ष पुस २० गते रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहीन रहँदै आएको थियो। तर, आइतबार अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको नाम प्रस्ताव गरेकै दिन बोर्डले गार्डिन माइक्रो लाइफ इन्स्योरेन्सलाई ७५ लाख कित्ता आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको हो।
यससँगै गार्डियन माइक्रो लाइफ आइपीओ जारी गर्ने नेपालको पहिलो लघु बीमक बनेको छ। गार्डियन माइक्रो लाइफले साउन २४ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो। यस अन्तर्गत कम्पनीले १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता साधारण बिक्री गर्नेछ। आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहको हुनेछ।











![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)




![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया