धनराज र ऋषिकेशमाथि छानबिन र दोषी ठहरे दण्ड अनिवार्य होस्: गगन थापा

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १२ गते
धनराज र ऋषिकेशमाथि छानबिन र दोषी ठहरे दण्ड अनिवार्य होस्: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि छानबिन गर्न सरकारलाई आग्रह गरेका छन्।

राष्ट्र बैंकका कर्मचारीहरूसँगको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले धनराज र ऋषिकेशमाथि अनुसन्धान मात्र होइन, गल्ती गरेको पुष्टि भए दण्डको प्रक्रिया पनि अघि बढाउनुपर्ने बताए।

उनले छानबिन समितिले सिफारिस गरेका सबै व्यक्तिहरूमाथि, चाहे नयाँ हुन् वा पुराना, निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए।

“कुनै पार्टीको भए पनि नाम जोडिएपछि अनुसन्धान गरियोस्,” थापाले भने, “गल्ती गरेको प्रमाणित भए दण्ड हुनुपर्छ। चाहे कांग्रेस, एमाले, माओवादी, रास्वपा वा राप्रपा होस्, पाँच पटक प्रधानमन्त्री बनेको व्यक्ति होस् कि हालको वा भोलिको प्रधानमन्त्री नै किन नहोस्—कानूनभन्दा माथि कोही पनि छैन भन्ने सन्देश सरकारले स्थापित गर्नुपर्छ।”

थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई भाषण भन्दा पनि कार्यद्वारा उदाहरण प्रस्तुत गर्न आग्रह गरे।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स