नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको भन्दै एमालेसँग प्रश्न गरेका छन् ।
एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गालि गरिएको भन्दै आक्रोशित हुदै विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भएको र एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएपनि मदन भण्डारीको मृत्यु किन भयो भन्ने किन छानबिन नगरेको भन्दै प्रश्न गरेका हुन् । उनले कांग्रेसलाई गाली गरेपनि यो प्रश्न एमाले तिर नै तेर्सिएको बताए।
उनले भने, ‘मदन भण्डारीको विषयमा मेरो राम्रै कुरा गर्ने इच्छा थियो । तर, अहिले बीचमा आएर उहाँहरुले कांग्रेसलाई गाली गर्नुभयो । एमालेले गाली गरेपछि मैले जवाफ दिनु परिहाल्यो । मलाई गाली गर्नेहरुले मदन भण्डारी मारेको कुरा किन भन्न सक्दैन ? रहस्यमय ढंगले मारिएको छ, कसले रोकेको छ खोज्नलाई ? कांग्रेसले रोक्या हो ? आफू खोज्न नसक्ने कांग्रेसलाई गाली गरेर हिँड्ने ?’














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया