दुर्गा प्रसाईं पक्राउमा सांसद सुनिल शर्माको कडा विरोध, भने ‘यो चरम राज्यआतंक भयो’

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ७ गते
दुर्गा प्रसाईं पक्राउमा सांसद सुनिल शर्माको कडा विरोध, भने ‘यो चरम राज्यआतंक भयो’

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफ्ना साझेदार तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीको कडा विरोध गरेका छन्। आइतबार सार्वजनिक गरेको एक भिडियो सन्देशमा शर्माले, केवल अभिव्यक्तिका आधारमा प्रसाईंलाई पक्राउ गर्नु चरम राज्यआतंक भएको बताए।

उनले भने, ‘बोलेकै आधारमा पक्राउ गरिनु चरम राज्यआतंक हो। यसको घोर भर्त्सना गर्नुपर्छ। यसले सरकार नेपाली जनताको पक्षमा नभएको र दमनमा उत्रिएको देखिन्छ।’ उनले जनताको आवाज बुलन्द गर्ने अभियन्ताहरूलाई जेलमा थुनेर दबाउने प्रयासप्रति आपत्ति जनाएका छन्।

साथै, शर्माले दुर्गा प्रसाईंको अभिव्यक्ति र शैलीमा केही त्रुटी देखिएकाले त्यसमा सुधारको सुझाव पनि दिएका छन्। उनले थपे, ‘तर, त्यत्तिकै भरमा दुर्गा प्रसाईंजस्ता अभियन्ताहरुलाई कस्टडीमा हाल्नु घोर राज्य आतंक हो र नेपालभर सबै नेपाली जनताले डटेर विरोधमा उत्रनुपर्छ।’

 

messenger sharing button

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स