दुई हाइड्रो र दुई वित्तीय संस्थाको सेयर मूल्य नयाँ उचाइमा

दुई हाइड्रो र दुई वित्तीय संस्थाको सेयर मूल्य नयाँ उचाइमा

आजको कारोबारमा दुई हाइड्रोपावर कम्पनी र दुई वित्तीय संस्थाको सेयर मूल्य नयाँ उचाइमा पुगेका छन्। । हालसम्मकै उच्च मूल्यमा पुगेका कम्पनीहरूमा युनिक नेपाल लघुवित्त, गुडविल फाइनान्स, सुपरमाई हाइड्रोपावर, र राधी विद्युत कम्पनी लिमिटेड रहेका छन्।

आजको कारोबारमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था (UNLB) को सेयर मूल्यले नयाँ कीर्तिमान कायम गर्दै २,६३४.०० रुपैयाँमा पुगेको थियो। यसले भाद्र ११ मा बनाएको अघिल्लो उच्चतम मूल्य २,६००.०० रुपैयाँलाई पार गर्दै आज नयाँ उचाइमा कारोबार भएको हो। समाचार तयार पार्दा कम्पनीको सेयर मूल्य २,४२२.०० रुपैयाँमा कारोबार भइरहेको छ।

युनिक नेपाल लघुवित्तको २०७९ चैतमा बनेको २,१३५.०० रुपैयाँको अघिल्लो हाई गत जेठ २ गते ब्रेक भएको थियो।
Microfinance nepsealpha.com UNLB Mon Sep 2 2024 भाद्र १७ 13 57 59 https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b9%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%af | %tags

गुडविल फाइनान्स लिमिटेड (GFCL) को सेयर मूल्य पनि नयाँ उचाइमा पुगेको छ। आजको कारोबारमा कम्पनीको सेयर मूल्य १,३३०.५० रुपैयाँमा पुग्दै अघिल्लो १,३००.०० रुपैयाँको उच्च विन्दुलाई पार गरेको हो। समाचार तयार पार्दा कम्पनीको सेयर मूल्य १,२४९.०० रुपैयाँमा कारोबार भइरहेको छ। 

गुडविल फाइनान्सको २०७८ भाद्र १५ मा बनेको ९२५.०० रुपैयाँको अघिल्लो हाई गत साउन २८ गते ब्रेक भएको थियो।
Finance nepsealpha.com GFCL Mon Sep 2 2024 भाद्र १७ 14 01 21 https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b9%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%af | %tags

यस्तै, सुपरमाई हाइड्रोपावर लिमिटेड (SMH) को सेयर मूल्यले १,१६१.६० रुपैयाँ छुँदा नयाँ कीर्तिमान बनाएको छ। कम्पनीको अघिल्लो १,०८४.०० रुपैयाँको उच्च विन्दु पार गर्दै आज नयाँ हाई बनाएको हो। समाचार तयार पार्दा कम्पनीको सेयर मूल्य १,१३५.२० रुपैयाँमा कारोबार भइरहेको छ।

Hydro Power nepsealpha.com SMH Mon Sep 2 2024 भाद्र १७ 14 18 34 https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b9%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%af | %tags

त्यस्तै, आजको कारोबारमा राधी विद्युत कम्पनी लिमिटेड (RADHI) को सेयर मूल्य ४६५.०० रुपैयाँमा पुग्दै अघिल्लो उच्चतम ४६४.०० रुपैयाँलाई पार गरेको छ। समाचार तयार पार्दा कम्पनीको सेयर मूल्य ४५३.५० रुपैयाँमा कारोबार भइरहेको छ। राधी विद्युत कम्पनीको २०७८ साउन २५ मा बनेको ४३७.०० रुपैयाँको अघिल्लो हाई गत साउन ३१ गते ब्रेक भएको थियो।

Hydro Power nepsealpha.com RADHI Mon Sep 2 2024 भाद्र १७ 14 18 08 https://bajarkochirfar.com/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b9%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%af | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स