गुडविल फाइनान्स लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ। कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा हाल संस्थापक सेयरधनीहरु मात्र आवेदन दिन सक्नेछन। इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात सहित ३५ दिनभित्र काठमाण्डौको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नआए पश्चात अन्य व्यक्ति, कम्पनी वा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।
#BajarkoChirfar





















प्रतिकृया