गुडविल फाइनान्स लिमिटेडले आगामी चैत १० गते साधारणसभा बोलाएको छ। कम्पनीले सभा प्रयोजनका लागि चैत २ गते बुक क्लोज गर्ने निर्णय गरेको जनाएको छ। त्यसअनुसार चैत १ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्। यस वर्ष कम्पनीले कुनै पनि लाभांश प्रस्ताव नगरेको स्पष्ट पारेको छ।
साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत अध्यक्षको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव पेश गरिनेछ।
त्यस्तै, लेखापरीक्षण समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा राखिनेछ। साथै, स्वतन्त्र सञ्चालक नियुक्तीसम्बन्धी जानकारी प्रस्तुत गरिनेछ भने अन्य विविध विषयमा समेत छलफल गरिने कम्पनीले जनाएको छ।







![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)




![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया