दुई कम्पनीको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १६ गते
दुई कम्पनीको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
AdvertisementAds

दुई कम्पनीको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । प्रभु बैंकको ६१ हजार ६६२ कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ हजार ५२८ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रिमा ल्याएको हो ।

प्रभु बैंकको सेयर मूल्य प्रतिकित्ता १०० रूपैयाँ र स्वावलम्बन लघुवित्तको सेयरको मूल्य प्रतिकित्ता २५० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

इच्छुक लगानीकर्ताले  जेठ १६ गतेदेखि असार १८ गते (अपरान्ह ३) बजेभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको कार्यालय, कमलपोखरी, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त आवेदन असार २० गते विहान ११ बजे खोलिने कार्यक्रम तय भइसकेको छ ।

#BajarkoChirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स