सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्सको लाभांश सुरक्षित गर्ने आज असोज ६ गते आइतबार अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि सोमबार असोज ७ गते बुक क्लोज गर्दैछन् ।
सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट: कम्पनीले अघिल्लो २ आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत (कर बाहेक) का दरले बोनस सेयर वितरण गर्दैछ । यस बोनस सेयरमा लाग्ने कर बापतको रकम तिर्नु नपर्ने कम्पनीले जनाएको छ । उक्त बोनस सेयर वितरणपश्चात कम्पनीले ५४.५ प्रतिशत हकप्रद सेयर निस्कासन गर्नेछ ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, कालिमाटी ब्यांक्वेट कालिमाटी, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
ओरियन्टल होटल्स: कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न कम्पनीले असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।








![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया