संविधान दिवसको अवसरमा बिहीबार काठमाडौंको दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ आयोजना हुँदैछ। सरकारले मोबाइल म्यासेज मार्फत जनतालाई कन्सर्टमा सहभागी हुन निमन्त्रणा दिएको छ। म्यासेजमा उल्लेख छ, “असोज ३ गते दिउँसो ४ बजे दरबारमार्गमा नागरिकस्तरबाट आयोजित नेशनल डे कन्सर्टमा सहभागी बनौं।”
कार्यक्रम दिउँसो ४ बजे फुड स्टलहरू राख्दै सुरु हुनेछ भने कन्सर्ट ५ बजेबाट आरम्भ हुनेछ। मुख्यत: युवाहरूलाई लक्षित यस कन्सर्टमा एलिमेन्ट्स ब्यान्ड, स्वप्न सुमन, कुटुम्ब ब्यान्ड, र सुगम पोखरेलले आफ्नो प्रस्तुति दिनेछन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार कार्यक्रममा अन्तरा ब्यान्ड, दिपक लिम्बू, आनन्द कार्की, कुन्ति मोक्तान, देविका बन्दना, सुवानी मोक्तानलगायत कलाकारहरूले पनि प्रस्तुति दिनेछन्।
कन्सर्ट साँझ ७ बजेसम्म चल्नेछ, जसपछि बेलुकी ७ बजेबाट विशेष आतिशबाजी प्रदर्शन गरिनेछ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया