डोनाल्ड ट्रम्पले तेल र ग्यास उद्योगलाई सशक्त बनाउन संघीय नियमहरू खुकुलो पार्ने योजना अघि सारेका छन।
ट्रम्पले वातावरणीय संरक्षण एजेन्सी (EPA) र ऊर्जा विभागलाई पुनर्संरचना गर्दै, वातावरणीय नियमहरूलाई खुकुलो पार्ने र नयाँ जमिनमा तेल उत्खननको अनुमति दिने प्रस्ताव गरेका छन्।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि ऊर्जा नीति निर्माणमा अमेरिकी तेल उद्योगका प्रभावशाली व्यक्तिहरूलाई प्रमुख भूमिकामा ल्याएका छन्। उनले उत्तर डकोटाका गभर्नर डग बर्गमलाई इन्टेरियर सेक्रेटरी र “ऊर्जा जार”को जिम्मेवारी दिएका छन्। बर्गमलाई सरकारी जमिनमा तेल उत्खनन खुला गर्न र तेल तथा ग्यास उद्योगलाई प्रवर्द्धन गर्ने जिम्मा दिइएको फाइनान्सियल टइम्सले उल्लेख गरेको छ ।
ऊर्जा सचिवको रूपमा ट्रम्पले लिबर्टी एनर्जीका सीईओ क्रिस राइटलाई नियुक्त गरेका छन्। राइटले अमेरिकी तेल र ग्यास उत्पादनलाई बढावा दिन महत्वपूर्ण भूमिका खेल्नेछन्। यसका साथै, उनले वातावरणीय संरक्षण एजेन्सी (EPA) को प्रमुखमा पूर्व सांसद ली जेल्डिनलाई नियुक्त गरेका छन्। जेल्डिनको नेतृत्वमा EPA ले बाइडेन प्रशासनको हरित नीतिहरू खारेज गर्ने र नियमहरू खुकुलो बनाउने योजना अघि बढाउनेछ।

प्रतिकृया