तीजमा पशुपतिनाथमा महंगा गहना लाएर नजान आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २० गते
तीजमा पशुपतिनाथमा महंगा गहना लाएर नजान आग्रह

हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरूलाई महंगा गहना र साना बालबालिका लिएर नआउन पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ। कोषले हरितालिका तीजको व्यवस्थापन सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोषले पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई मंहगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको हो ।

भीडभाडमा गरगहना चोरी हुने, हराउने डर हुने भएकाले गरगहनाले सजिएर नआउन आग्रह गरेको पशुपति विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले बताएका छन् । साथै, कोषले हरितालिका तीज पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।

दर्शन व्यवस्थापन, सुरक्षा, स्वयंसेवक परिचालन, ट्राफिक व्यवस्थापन, पार्किङ, स्वास्थ्य शिविर, र निःशुल्क पानी वितरणको व्यवस्था गरिएको छ। विशेष दिन भएकाले बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुला रहने छन्। यस वर्ष चक्रपथको सवारी आवागमन पूर्ण रूपमा नरोकिने र कुनै पासको व्यवस्था नगरिएको कोषले जानकारी गराएको छ।

तीजको दिन भीडभाड बढी हुने भएकाले  विशेष पूजा भने नहुने भएको छ। भक्तजनहरूको सुविधाका लागि चार स्थानबाट मन्दिर प्रवेश गर्ने लाइनको व्यवस्था गरिएको छ। काेषले गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण वृत्ता चप्पलकक्षबाट जत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ ।

तेस्तै, मित्रपार्क जयवागेश्वरी-गौशाला-भवनेश्वरी-शंकराचार्यमठ दक्षिण फलामे पुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शकराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता-चप्पल लिई फर्कने व्यवस्था पनि मिलाएको छ ।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स