नेपाल आयल निगमले तिहारको सार्वजनिक विदाको दिन पनि देशभरका आफ्ना इन्धन डिपो आलोपालो सञ्चालनमा रहने जानकारी दिएको छ।
निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै, सार्वजनिक विदाको दिन इन्धन वितरणका लागि कर्मचारीहरूलाई स्टाण्डबाईमा राख्ने जनाएको छ। विज्ञप्ति अनुसार, कोशी प्रादेशिक कार्यालय बिराटनगरमा १६ र १९ गते डिपो सञ्चालन हुनेछ। मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज पनि सोही दिन सञ्चालनमा आउनेछ।
बागमती प्रादेशिक कार्यालय थानकोटमा १६, १७ र १९ गते, गण्डकी प्रादेशिक कार्यालय पोखरा र लुम्बिनी प्रादेशिक कार्यालय भैरहवामा १६ र १७ गते इन्धन डिपो सञ्चालन हुने बताइएको छ। सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी, इन्धन डिपो महेन्द्रनगर, धनुषा, शाखा कार्यालय वीरगञ्ज र चारआली झापा भने १६ र १९ गते सञ्चालनमा आउनेछन्।
नेपालगञ्ज र दाङ्गका डिपोहरू १६ गते मात्र सञ्चालनमा आउनेछन्। त्यस्तै, शाखा कार्यालय दिपायल र कर्णाली प्रादेशिक कार्यालय सुर्खेत आवश्यकताअनुसार सञ्चालन हुने जानकारी पनि दिइएको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया