अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाइँको अभिनित फिल्म ‘मायावी’ को रिलिज मिति पछि सरेको छ । यस अघि कात्तिक १५ गते (लक्ष्मीपूजा) मा प्रदर्शन हुने भनिएको मायावी अब पुस २६ गते प्रदर्शन हुने भएको छ ।
यो मितिमा नेपाली र विदेशी गरी लगभग ५ वटा फिल्म पुगेपछि ‘मायावी’ को प्रदर्शन मिति सारिएको हो ।
फिल्मका निर्देशक दिवाकर भट्टराईले दुवै चलचित्रलाई शुभकामना दिदै मार्ग प्रास्तुत गरेको र मायावी पुस २६ गते रिलिज हुने जानकारी दिएका छन् ।
‘मायावी’ले प्रदर्शन मिति घोषणा गर्दा लक्ष्मीपूजामा नेपाली फिल्म ‘एक्टर: टेक वान’ आउने निश्चित थियो तर पछि अर्को नेपाली फिल्म ‘पूर्ण बहादुरको सारंगी’ थपियो ।
पल अभिनेत रावायण बक्स अफिसमा फ्लप भएपछि निर्माताले तत्कालका लागि मिति पछि सारेको विश्लेषण गरिएको छ । अब यो फिल्म पुष २६ मा मायावी अर्को फिल्म कार्साङ्सँग भिड्ने भएको छ ।
दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्मको निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने छन् । यसमा प्रशान्त ताम्राकार, सुशील सिटौला, राजाराम पौडेल, करिश्मा श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया