instainsta

डा. वाग्ले भन्छन्, “सदनमा जनताको मुद्दा उठाइरहेछु, गर्व गर्न लायक सांसद बन्छु”

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १८ गते
डा. वाग्ले भन्छन्, “सदनमा जनताको मुद्दा उठाइरहेछु, गर्व गर्न लायक सांसद बन्छु”
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले बजेट विनियोजन हुने तर कार्यान्वयन नहुने समस्याको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। तनहुँको बन्दीपुरमा जारी तीज गीत सप्ताहन्त उत्सवको तेस्रो दिन आयोजित कार्यक्रममा सम्बोधन गर्दै, तनहुँ क्षेत्र नम्बर १ का सांसद समेत रहेका वाग्लेले, यस क्षेत्रका विकास निर्माणका लागि रु एक अर्ब ६० करोड बजेट विनियोजन भएको जानकारी दिए।

उनले भने, “जनताले तिरेको कर नै जिल्लाको विकास निर्माणमा खर्च गर्न पठाइएको हो, यो कसैले व्यक्तिगत रूपमा दिने होइन। अब हाम्रो जिम्मेवारी यो बजेटलाई कार्यान्वयनमा लैजानु हो।” गण्डकी प्रदेशमा चालु आर्थिक वर्षमा त्रिभुज आयोजनाका लागि रु दुई सय करोडको आयोजना सञ्चालन हुने भए पनि सरकार परिवर्तनसँगै यसको भविष्य अनिश्चित रहेको वाग्लेले बताए।

उनले सदनमा जनताका मुद्दा, सुशासन, र विकास निर्माणका सवाल निरन्तर उठाइरहेको उल्लेख गर्दै, “गर्व गर्न लायक सांसद बन्छु भनेर प्रतिबद्धता जनाएको थिएँ, र म यस अभियानमा निरन्तर लागिरहेछु,” भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स