ट्रेड टावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २३ गते
ट्रेड टावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि १५औं वार्षिक साधारण सभा आव्हान गरेको हो । सभा मंसिर १२ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । यस्तै, सभामा लेखा परिक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, कम्पनीले सञ्चालन तथा विकास गरिरहेको परियोजनाहरुको लागि बंकै तथा अन्य वित्तिय संस्थाहरुबाट लिने आवश्यक कर्जा कम्पनी ऐन, अनुरुप तोकिएको सिमा भन्दा बढी भएमा त्यस्तो कर्जा सापटी लिने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने र कम्पनीले सञ्चालन तथा विकास गरिरहेको परियोजनाहरुको लागि आवश्यक छोटो अवधीको कर्जा लिने प्रस्ताव समेत पारित गरिनेछ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स