डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालले सेयर बजारमा सक्रिय लगानीकर्ताका लागि नयाँ अवसरहरूको ढोका खोल्न सक्ने बताइएको छ। विशेषगरी सक्रिय लगानीकर्ताहरूका लागि यो समय ‘सेयर छान्ने स्वर्गीय समय’ सावित हुन सक्ने विशेषज्ञहरूको विश्वास रहेको अमेरिकी आर्थिक पत्रिका मार्केट वाचले लेखेको छ।
२०१६ मा ट्रम्प राष्ट्रपति बनेपछि सेयर बजारमा विभिन्न क्षेत्रहरूले असमान प्रदर्शन गरेका थिए। ट्रम्पको नीति परिवर्तनले केही क्षेत्रहरूलाई फाइदा पु¥याए पनि सबै क्षेत्रमा सुधार देखिएन। यस पटक पनि यस्तै अवस्था दोहोरिन सक्ने आँकलन गरिएको छ।
विशेषज्ञहरूका अनुसार ट्रम्पको अप्रत्याशित नीति निर्माण शैलीले बजारमा उल्लेखनीय उतारचढाव ल्याउन सक्छ। यस्तो अवस्थामा, सक्रिय लगानीकर्ताहरूले सूक्ष्म अध्ययन गरेर आफ्नो रणनीति बनाउने हो भने राम्रो नाफा कमाउन सक्नेछन्।
बैंक अफ अमेरिकाले प्रकाशित गरेको प्रतिवेदनमा भनिएको छ, अहिले कम्पनीहरूको सेयर मूल्यमा ठूलो उतारचढाव देखिएको छ। यसले लगानीकर्ताहरूलाई बजारको औसत प्रतिफलभन्दा बढी नाफा कमाउने अवसर प्रदान गरेको छ।













![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया