टेलिग्रामका संस्थापक पावेल दुरोभ ५ मिलियन यूरो धरौटीमा रिहा

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १३ गते
टेलिग्रामका संस्थापक पावेल दुरोभ ५ मिलियन यूरो धरौटीमा रिहा

फ्रान्स सरकारले टेलिग्रामका संस्थापक र प्रमुख पावेल दुरोभलाई ५ मिलियन यूरो धरौटीमा रिहा गरेको छ। उनलाई ४ दिन हिरासतमा राखिएपछि धरौटीमा रिहा गरिएको हो।

दुरोभमाथि  टेलिग्राम मार्फत विभिन्न अपराधहरूमा संलग्न भएको आरोप लगाएको छ। उनले टेलिग्रामलाई लागू औषधि लेनदेन, बाल यौन दुर्व्यवहार, र ठगी गर्न सहयोग पुर्‍याउने अनलाइन प्लेटफर्मको व्यवस्थापनमा संलग्नता देखाएको आरोप लगाइएको छ। सोहि आरोपहरूको  आधारमा फ्रान्सेली प्रहरीले अगस्ट २४ मा पेरिसको ले बोर्ग एयरपोर्टबाट दुरोभलाई गिरफ्तार गरेको थियो।

यद्यपि फ्रान्सले उनलाई धरौटीमा रिहा गरे पनि, दुरोभलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ। उनीमाथि थप निगरानी राख्नका लागि उनले हप्तामा दुई पटक स्थानीय पुलिस स्टेशनमा रिपोर्ट गर्नुपर्नेछ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स