जापानमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने कराँते खेलाडीलाई प्रचण्डले गरे बिदाई

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ४ गते
जापानमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने कराँते खेलाडीलाई प्रचण्डले गरे बिदाई

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाई गरेका छन् ।

उनीहरूलाई मंगलबार (आज) अध्यक्षले प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रममा बिदाई गरेका हुन् ।

अगस्ट २४ र २५ तारिखका दिन जापान टोकियोमा हुने ‘नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४’ मा नेपालको तर्फबाट खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाईबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुने छ।

खेलाडीलाई बिदाइ गर्दै अध्यक्ष प्रचण्डले मेडल ल्याउन नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै सफलताको शुभकामना व्यक्त गरे ।

बिदाई कार्यक्रममा नेपाल वादोरियो कराते डो संघका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पा र सचिव वि.आर लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स