छैटौं पटक उपविजेता बन्यो नेपाल, बंगलादेशले पुनः जित्यो उपाधि

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १५ गते
छैटौं पटक उपविजेता बन्यो नेपाल, बंगलादेशले पुनः जित्यो उपाधि

बंगलादेश पुनः साफ महिला च्याम्पियनसिपको उपाधि विजेता बनेको छ। दशरथ रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले यो उपाधि जितेको हो। यो संगै, नेपाल छैटौं पटक उपविजेता बनेको छ।

खेलको ८१ औं मिनेटमा बंगलादेशले निर्णायक गोल गर्दै २–१ को अग्रता लियो, जसलाई नेपाली खेलाडीहरूले बराबरी गर्न सकेनन्। खेलमा नेपाली चेलीहरूले साहसिक प्रदर्शन गरे तापनि विजयी गोल फर्काउन नसक्दा अन्तिममा बंगलादेशले जित हात पार्यो। यसअघि पनि २०२२ मा नेपाललाई पराजित गर्दै बंगलादेशले पहिलोपटक च्याम्पियन बनेको थियो।

फाइनल खेलको ५१ औं मिनेटमा बंगलादेशले पहिलो गोल गर्दै अग्रता लिएको थियो, जसलाई नेपालकी अमिषा कार्कीले ५५ औं मिनेटमा गोल फर्काउँदै बराबरी गरेकी थिइन्। खेलको अन्तिमतिर बंगलादेशले पुनः अग्रता लिएपछि नेपाललाई उपाधिमा पुग्न असम्भव बनेको थियो। खेलपछि विजेता र उपविजेता टोलीलाई ट्रफी र पुरस्कार वितरण गरियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स