छिमेक लघुवित्तको संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १४ गते
छिमेक लघुवित्तको संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा
AdvertisementAds

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १७ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदका लागि अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले आवेदन दिन सक्नेछन्  कम्पनीले यसअघि संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी सेयर बिक्रीमा ल्याएको थियो । तर, तोकिएको अवधिसम्म संस्थापकहरूबाट आवेदन नपरेपछि सर्वसाधारणले खरिद गर्न पाउने गरी पुनः बिक्रीमा ल्याएको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय रुपैयाँ तोकिएको छ । आवेदन दिदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछ्न ।

#BajarkoChirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स