SHAREHUBSHAREHUB

चाडपर्वको बेला बजारमा कारबाही: खरिद बिल नदेखाउने सात फर्मलाई नगद जरिवाना

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ३ गते
AdvertisementAds
चाडपर्वको बेला बजारमा कारबाही: खरिद बिल नदेखाउने सात फर्मलाई नगद जरिवाना
AdvertisementAds

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको नेतृत्वमा भएको संयुक्त बजार अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गर्ने सात फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ। अनुगमनको क्रममा खरिद बिल नदेखाउने र अनुगमनमा अवरोध गर्ने फर्महरूलाई यो कारबाही गरिएको हो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त प्रमुख सुनिल चौरसियाका अनुसार, वीरगञ्ज बजार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ अन्तर्गत कसुर गरेकाले सोही ऐनको दफा ३९ अनुसार छ वटा फर्मलाई नगद जरिवाना र एउटा फर्मलाई सामान्य जरिवाना गरिएको हो।

संयुक्त टोलीमा वाणिज्य कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी, वीरगञ्ज उद्योग वाणिज्य संघ, र उपभोक्ता हित संरक्षण मञ्चको सहभागिता थियो। अनुगमनको क्रममा कारबाहीमा परेका फर्महरूले सात दिनभित्र जरिवाना रकम भुक्तानी गर्न निर्देशन दिइएको छ।

वाणिज्य कार्यालयका सूचना अधिकारी दिलीप खंगखत्वेले चाडपर्वको बेलामा उपभोक्तासँग बढी मूल्य असुली र गुणस्तरहीन वस्तु बिक्री नगर्न व्यापारीलाई अनुरोध गर्दै अनुगमन अभियानलाई निरन्तरता दिने बताए। कार्यालयको अधिकारक्षेत्रमा मधेस प्रदेशका आठ जिल्ला, चितवन, र मकवानपुर पर्छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स